कल्की संवाददाता काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका अधिकारीलाई राष्ट्रिय मानव अधिकार आयोगले कारबाही सिफारिस गरेको छ ।
आयोगको छानबिन समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाउँदै दोषीहरूलाई कारबाही सिफारिस गरेको छ । आयोगकी सदस्य लिली थापा अध्यक्षताको छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरूलाई सो घटनाको जिम्मेवार रहेको दाबी गरिएको छ । ‘राष्ट्रिय सुरक्षा परिषद्ले नै राम्रोसँग आकलन र तयारी नगरेको देखियो,Ú छानबिन समितिका एक अधिकारीले भने, ‘जसकारण राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई कारबाही सिफारिस गरिएको छ ।’ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित ८१ जनाको बयान लिएको थियो । पूर्वतयारी राम्रो नहुँदा आन्दोलनमा ठुलो मानवीय क्षति भएको निष्कर्ष छानबिन समितिको छ । २४ भदौमा गठन भएको समितिले ६ महिनाभन्दा लामो समय लगाएर छानबिन गरेको हो ।







