कल्की संवाददाता काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले बढेर ३ लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३० रुपैयाँले बढेर तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो।







