April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

नेकपा एमालेका नेता केपी शर्मा ओलीले बालकोटबाट गरे मतदान

450

कल्की संवाददाता
२०८२ फाल्गुन २१

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि मतदान गरेका छन्।

बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत उनले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय पुगेर मतदान गरेका हुन् । उनकी पत्नी राधिका शाक्य पनि सँगै थिइन् ।

यसपालिको चुनावको इपिसेन्टर मानिएको झापा ५ मा ओली उम्मेदवार छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाहले टक्कर दिएका छन् ।