April 23, 2026, Thursday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

नेपाल प्रहरीद्वारा लागुऔषधिसहित ९ जना पक्राउ

590

कल्की संवाददाता
२०८२ फाल्गुन १४

काठमाडौँ । देशका विभिन्न भागबाट लागुपदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन् ।

खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरू पक्राउ परेका हुन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरूबाट प्रतिबन्धित पदार्थ बरामद भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ