April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

रौतहटको गौरमा आज पनि कर्फ्यु जारी

685

कल्की संवाददाता
२०८२ फाल्गुन १०

रौतहट — डिजे बाजाको निहुँमा भएको झडपका कारण जिल्ला जिल्ला प्रशासन कार्यालय रौतहटले लगाएको कर्फ्यु आइतबार पनि जारी राखेको छ ।

सदरमुकाम गौरका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु र झडपका लागि उक्साएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएर राखेको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेशलाई निरन्तरता दिएको बताए । ‘स्थिति समान्य बन्दै गएको छ,’ उनलेभने, ‘आज पनि कर्फ्युलाई निरन्तरता दिएका छौं। अवस्था अनकुल हुनसाथ हटाउँछौं।’