June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

प्रभावशाली अस्ट्रेलियन बलर प्याट कमिन्स विश्वकपबाट बाहिरिए

865

कल्की संवाददाता
२०८२ माघ १७

काठमाडौँ । अस्ट्रेलियाका तीव्रगतिका प्रभावशाली बलर प्याट कमिन्स आगामी आईसीसी टी–२० विश्वकपबाट बाहिरिएका छन् । क्रिकेट अस्ट्रेलियाद्वारा आगामी विश्वकपका लागि घोषित परिमार्जित टोलीमा ३२ वर्षीय अलराउन्डर कमन्सिलाई समावेश गरिएको छैन । स्वास्थ्य समस्याका कारण उनलाई विश्वकप टोलीबाट हटाइएको समाचारमा जनाइएको छ ।

क्रिकेट अस्ट्रेलियाद्वारा यसअघि घोषित विश्वकप टोलीमा भने प्याट कमिन्सलाई पनि स्थान दिइएको थियो । परिमार्जित टोलीमा कमिन्सको स्थानमा अर्का तीव्र गतिका बलर बेन ड्वारशिसलाई स्थान दिइएको छ । शनिबार घोषित परिमार्जित अस्ट्रेलियन टोलीमा म्याथ्यू सर्टलाई पनि समावेश गरिएको छैन । यसअघि घोषित टोलीमा म्याथ्यू सर्टको पनि नाम थियो । म्याथ्यू सर्टको स्थानमा म्याट रेनशलाई टोलीमा स्थान दिइएको छ । ‘प्याट कमिन्स केही समयदेखि ढाडको समस्याबाट पीडित छन् । उनलाई स्वास्थ्य हुन अझ केही समय लाग्नेछ । त्यसैले उनलाई विश्वकप टोलीबाट हटाइएको हो,’ क्रिकेट अस्ट्रेलियाले भनेको छ ।