April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

राजनीतिक दलहरू घोषणापत्र सार्वजनिक गरेर जनतासामु जवाफदेही बन्नुस् : रक्षा बम

485

कल्की संवाददाता
२०८२ माघ १४

जेनजी अभियन्ता रक्षा बमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका दलहरूका घोषणापत्र पढ्न चाहेको इच्क्षा व्यक्त गरेकी छन्। संसदमा पुगेपछि के गर्ने र बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले उम्मेदवारलाई मत दिने बताउँदै उनले यस्तो इच्क्षा जाहेर गरेकी हुन्। साथै बमले आजको “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”लाई अझ सबल र जनमुखी बनाउने योजनाहरू के–कस्ता छन् भन्दै प्रश्न समेत गरेकी छन्।

‘हामी तपाईंहरूको घोषणापत्र पढ्न चाहन्छौँ। संसदमा पुगेपछि तपाईं के गर्नुहुन्छ र तपाईंले बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले तपाईंलाई मत दिने हुन्,’ उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘आजको “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”लाई अझ सबल र जनमुखी बनाउने तपाईंका योजनाहरू के–कस्ता छन्?’ यस्तै, उनी अगाडि थप्छिन्, ‘जनताप्रतिको आफ्नो उत्तरदायित्व तपाईं कसरी बहन गर्नुहुन्छ? यसअघिको चुनावमा तपाईंले गरेका घोषणा/वाचा कति र कसरी पूरा गर्नुभएको छ? यस पटकका नयाँ घोषणा/वाचा कस्ता हुनेछन्? यी सबै कुरा हेरेर, बुझेर मात्रै जनताले तपाईंलाई मतदान गर्ने हुन्।’ साथै दलहरूले जनताको सामु जवाफदेही बन्न आग्रह गर्दै उनले आफ्नो घोषणापत्र/वाचापत्र सार्वजनिक गर्न अनुरोध समेत गरिन्।