April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

रास्वपाले टासीकाे नाम समानुपातिक सूचीबाट हटाएको विरोधमा प्रदर्शन

895

कल्की संवाददाता
२०८२ माघ ३

काठमाडौँ । टासी लाजोम शेर्पालाई बिना आधार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै विरोध भएको छ ।  हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका हुन् ।  दुई जिल्लाका सभापतिको नेतृत्वमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।

शेर्पालाई भूराजनीतिक कारण देखाउँदै रास्वपाले बन्दसूचीबाट हटाएको थियो । उनले आफू तिब्बती नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको भन्दै रास्वपाको निर्णयमा आपत्ति जनाउँदै आएकी छिन् । उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् ।