April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

आजबाट लागू हुनेगरी निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

1.1K

कल्की संवाददाता
२०८२ माघ २

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो । अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १ सय ५५ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दीपायलमा प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३५ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ तोकिएको छ ।