April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

रामेश्वर प्रसाद बस्याल सिद्धार्थ बैंकको सिइओमा नियुक्त

1.2K

कल्की संवाददाता
२०८२ माघ २

काठमाडौँ । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समितिले सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बस्याल यसअघि बैंकको डेपुटी सिइओ थिए । सन् २००५ देखि सिद्धार्थ बैंकमा जोडिएका बस्याल त्यसअघि नबिल बैंकमा कार्यरत थिए ।बस्याललाई पुष २५ गतेदेखि लागू हुनेगरि बैंकको सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।