June 11, 2026, Thursday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

सुन तोलाकै २ लाख ७६ हजार ५ सय

1.1K

कल्की संवाददाता
२०८२ पुष २९

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ३४० कायम भएको छ ।

गत आइतबार प्रतितोला रु. दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु. चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु. पाँच हजार १९५ मा किनबेच भएको थियो । अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।