April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

अमेरिकाले आईएसआईएस विरुद्ध नाइजेरियामा सुरु गर्‍यो घातक हमला

850

कल्की संवाददाता
२०८२ पुष ११

वासिङ्टन डीसी । अमेरिकाले उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो कारबाही उनको निर्देशनमा गरिएको सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा ट्रम्पले भनेका छन् ।  क्रिश्चियनहरूलाई क्रूरतापूर्वक मारिरहेका आतंककारीहरूविरुद्ध हमला गरिएको बताइएको छ । अमेरिकाले बिहीबार उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध घातक हमला सुरु गरेको ट्रम्पले बताए ।

ट्रम्पले अमेरिकी सेनाले कयौँ ‘उत्तम हमलाहरू गरेको’ बताए ।  बिहीबारको आक्रमण सोकोटो राज्यमा नाइजेरियासँगको समन्वयमा गरिएको अमेरिकी अफ्रिका कमान्ड (अफ्रिकम)ले बताएको छ । यो आतंकवादीहरूलाई लक्षित गरेर गरिएको संयुक्त अपरेसन भएको र कुनै विशेष धर्मसँग यसको कुनै सम्बन्ध नभएको नाइजेरियाली विदेशमन्त्री युसुफ मैतामा तुग्गरले बीबीसीलाई भने । निर्णय दुई देशको नेतृत्वले लिने भन्दै थप आक्रमण नहुने तुग्गरले अस्वीकार गरेनन् ।

ट्रम्पले नोभेम्बरमा नै ईसाईहरूलाई मार्न बन्द गरेनन् भने यसको नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए ।