April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

मधेश प्रदेशसभाको सभाभुखमा जसपाका यादव निर्वाचित

1.1K

कल्की संवाददाता
२०८२ पुष ६

जनकपुरधाम —मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेश प्रदेशसभामा बहुमत पाएर उनी निर्वाचित भएका हुन् ।

आज बसेको प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ जनाले मतदान गरेका थिए ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज भएको थियो ।

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए ।