June 6, 2026, Saturday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
Trending

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

165

कल्की संवाददाता
२०८३ जेष्ठ २२

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै छन्।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा विश्वव्यापी जागरण फैलाउने उद्देश्य राखेको छ।