April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

राष्ट्रिय सभामा सिफारिसलाई लिएर ‘विवाद गर्नुपर्ने केही छैन’ : गृहमन्त्री अर्याल

500

कल्की संवाददाता
२०८२ चैत्र २

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभा सदस्यमा आफ्नो मनोनयनको सिफारिसलाई लिएर विवाद गर्नुपर्ने केही नरहेकाे प्रतिकिया दिएका छन्।

सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले आफ्नो नियुक्तिको विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरे।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

यसअघि मन्त्री अर्यालले निर्वाचन सकिएपछि आफू पुनः पुरानै पेसामा फर्किने अभिव्यक्ति दिँदै आएका थिए। तर, सरकारले उनलाई माथिल्लो सदनमा लैजाने निर्णय गरेपछि सञ्चारकर्मीले उनको फेरिएको अडानबारे प्रश्न गरेका थिए।

यस विषयमा उनी थप बोल्न चाहेनन्।

प्रशासनको अनुगमन गर्दै मन्त्री अर्यालले सेवाग्राहीको गुनासो सुन्नुका साथै टोकन प्रणालीको प्रभावकारिताबारे जानकारी लिएका थिए । उनले सरकारी सेवालाई नागरिकमैत्री बनाउन र सेवा प्रवाहमा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन्।