September 25, 2026, Friday
२०८३ आश्विन १०
Nepal 1:37:26 pm
Trending

भारतसँग जापानको २ रनको हार

215

कल्की संवाददाता
२०८३ आश्विन ६

काठमाडौँ । एसियन गेम्स २०२६ अघि जापानले भारतसँग एक खेलको टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा भारतले २ रनको जित निकालेको छ। वर्षाले प्रभावित खेल ५ ओभरमा झारिएको थियो। जसमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३२ रन जोड्न सक्यो।

भारतका सन्जु समासन ९ रन, अभिषेक शर्मा ० र इशान किशन ३ रनमा आउट भएका थिए। कप्तान श्रेयस अय्यरले १२ बलमा १६ रन जोडे। बलिङममा जापानका चार्ली हाराले २ विकेट लिए भने ताकाहासी र बेन्जामिन डेभिसले १-१ विकेट लिए।

३३ रनको लक्ष्य पछ्याएको जापानले राम्रो सुरुवात गरे पनि अन्तिम ओभरमा चुक्यो। उसले ३ विकेटको क्षतिमा ३० रन मात्र जोड्न सक्यो।कप्तान कोडावाकी फ्लेमिङले १२ रन जोड्न सके। अन्तिम ओभरको अन्तिम बलमा जितका लागि चौका चाहिदा अक्षर पटेलविरूद्ध शिराइले एक रन मात्र लिन सके। अन्तिम ओभरमा ८ रन चाहिदा अक्षरले पाँच बलसम्म जापानले ४ रन जोडेको थियो।

एसियन गेम्सअघि जापान र भारतले एक खेलको सिरिज खेलेका हुन्। यो दुई टोलीबीचको पहिलो प्रतिस्पर्धा हो। एसियन गेम्समा भारत क्वार्टरफाइनलमा पुगिसकेको छ। जापानले भने नेपाल र अफगानिस्तानसँग समूह चरणमा खेल्नेछ।

समूह चरणमा नेपाल र जापानको खेल शनिबार हुनेछ। त्यसअघि नेपालले अफगानिस्तानसँग शुक्रबार खेल्नेछ। तीन टोलीमध्ये शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।