April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

बुधबार नेप्से परिसूचक ९.४३ अंकले घट्यो

560

कल्की संवाददाता
२०८२ माघ १४

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।