April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

475

कल्की संवाददाता
२०८२ फाल्गुन २५

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजित कार्यक्रममा उनले प्रतिकूल परिस्थितिका बाबजुद प्राप्त जिम्मेवारीमा केन्द्रित रहेर निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति आभार व्यक्त गरे।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको बताए।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि निर्वाचन सुरक्षा उत्कृष्ट ढङ्गले पूरा गरेकामा सशस्त्र प्रहरीका कर्मचारी तथा मातहत एकाइहरुलाई धन्यवाद दिए।

सशस्त्र प्रहरी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढङ्गले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीप्रति आभार प्रकट गरे।