April 20, 2026, Monday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

पत्रकार ऋषि धमलाकाे रास्वपाबाट चुनावमा उठ्ने तयारी !

720

कल्की संवाददाता
२०८२ पुष २४

काठमाडौँ । रिपोटर्स क्लबका अध्यक्ष चर्चित पत्रकार ऋषि धमला राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारीमा लागेका छन् । चुनावमा पुराना दलको विकल्प दिने गरी रवि लामिछानेले उज्यालो नेपालका नायक कुलमान घिसिङ र लोकप्रिय मेयर बालेन शाहलाई रास्वपा प्रवेश गराएका छन् । फागुन २१ गते हुने निर्वाचनमा सजिलै बहुमत ल्याउन सक्ने विश्लेषण गरेपछि ऋषिले रास्वपा प्रवेश गरेर धादिङबाट सांसदको उम्मेदवार बन्ने तयारी थालेका छन् ।

लामो समयदेखि पत्रकारिता गर्दा नेपाली राजनीतिक घटनाक्रमबारे मज्जाले बुझेका ऋषिले सांसदको चुनाव उठ्ने र मन्त्री बन्ने सम्मको योजना बनाएका छन् । रास्वपा प्रवेश गरेर चुनाव लड्न ऋषिले भित्रभित्रै गोप्य छलफल र वार्ता गरिरहेका छन् । बालेन र कुलमानसँगको एकता र पार्टी प्रवेशले अहिले पुराना दल एमाले, कांग्रेस र नेकपा समेत एक्लै प्रतिस्पर्धा गर्न डराएर चुनावमा गठबन्धन गर्ने तयारी थालेका छन् ।