April 22, 2026, Wednesday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र माधव डल्लु निवासमा

800

कल्की संवाददाता
२०८२ पुष ९

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न उनीहरू आज बिहान डल्लुस्थित निवासमा पुगेका हुन् । सो क्रममा उनीहरुले चित्रकारको पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए ।

चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन् ।