April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

गगनको नेतृत्वमा घोषणापत्र लेख्ने र विश्वप्रकाश नेतृत्वमा चुनाव

940

कल्की संवाददाता
२०८२ माघ १

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ । विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । चालिसेले पार्टीको अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने जानकारी दिए ।