April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
Trending

क्याप्टेन विजय लामा र सोनी राणालाई विमान उडाउन रोक, उडानकै क्रममा फोटो–भिडियो खिचेकाे आराेप

1.3K

कल्की संवाददाता
२०८२ मंसिर १२

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई कारबाही गरेको छ ।

उनीहरू दुवै जनालाई अर्को सूचना जारी नहुञ्जेलसम्म उडानमा रोक लगाउने निर्णय गरिएको हो ।

उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाही गरेको हो ।

जहाज उडानमा रहेको अवस्थामै फोटो तथा भिडियो खिचेको पाइएको भन्दै दुवै जनालाई अर्को सूचना नआएसम्मलाई रोस्टर-अफ गरिएको प्राधिकरणले जनाएको छ ।