कल्की संवाददाता ओसाका । जापानको ओसाका शहरले जीर्ण हुँदै गइरहेको स्थानीय जल प्रणाली मर्मत गर्न एक जना रहस्यमय दाताबाट ठुलो सहयोग प्राप्त गरेको छ । ओसाका महानगरपालिकाका अनुसार अज्ञात व्यक्तिले २१ किलोग्राम सुन दान गरेका छन् । यो भनेको झन्डै ५६ करोड येन (३६ लाख अमेरिकी डलर) बराबर हो ।
सहरको वाटरवक्र्स ब्युरोका अनुसार सन २०२४ आर्थिक वर्षमा मात्रै सडक मुनि पानीको पाइप चुहावटका ९० भन्दा बढी घटना दर्ता भएका थिए । यति ठुलो सहयोग अत्यन्तै आश्चर्यजनक भएको मेयर योकोयामाले बताए । जल प्रणालीको मर्मतका लागि ठुलो लगानी आवश्यक पर्ने अवस्थामा यसले ठुलो राहत दिने उनले बताएका छन् । यही दाताले यसअघि पनि नगरपालिकाको जलसेवाका लागि ५ लाख येन नगद सहयोग गरेको जानकारी दिए ।







