April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
Trending

आज रास्वपाका सभापति लामिछानेले सम्बोधन गर्दै

310

कल्की संवाददाता
२०८२ चैत्र १९

काठमाडौं । आज बिहीबारदेखि सुरु हुन लागेको नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएअन्तर्गत रास्वपाबाट लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।