कल्की संवाददाता नेपाली टिकटकर इभा गिरी नेपाली नायिकाहरूभन्दा तीन कदम अगाडि रहेकी छिन् । गिरी नेपालकी नम्बर एक कन्टेन्ट क्रिएटर पनि हुन् । गिरीले “Last Holiday of 2025” शीर्षकसहितको सुन्दर तस्बिर र भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा फेरि चर्चा बढेको छ। निलो र आकर्षक बिकिनी–आउटफिटमा देखिएकी इभा छुट्टीको रमाइलो मूडमा अत्यन्तै आत्मविश्वासी र ग्ल्यामरस देखिएकी छन्। आरामदायी बाथरूम सेटअपमा खिचिएको उक्त तस्बिरले केही मिनेटमै प्रशंसकहरूको ध्यान तानेको छ।
उनको स्टाइल, आत्मविश्वास र फ्यानहरूसँगको निरन्तर संवादले सामाजिक सञ्जालमा उनको लोकप्रियता झनै बढिरहेको छ। इभाका फ्यानहरूले तस्बिरमा राम्रा कमेन्टहरू लेख्दै उनको लुक्स र व्यक्तित्वको प्रशंसा गरेका छन्।







