April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

675

कल्की संवाददाता
२०८२ फाल्गुन १८

सिराहा । सिराहामा बस र मोटरसाइकल एक आपसमा ठाेकिँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर गम्भीर  घाइते भएका प्रहरीले जनाएको छन्। सिरहाकाे पूर्व-पश्चिम लोकराजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ३ जमनटोकी नजिक आइतबार राती राती यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा टोकिँदा सिरहाकाे धनगढीमाई नगरपालिका ८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो। दुर्घटनामा परी स्थानीय  १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्।

गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स. ५ प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवा तर्फ जाँदै गरेको लु. २ ख १०८५ नम्बरको बस एक आपसमा ठोकिएर घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए। उनीहरू तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ। शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ। भन्ने बस र चालक इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।