कल्की संवाददाता काठमाडौँ । टासी लाजोम शेर्पालाई बिना आधार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै विरोध भएको छ । हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका हुन् । दुई जिल्लाका सभापतिको नेतृत्वमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।







