April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

230

कल्की संवाददाता
२०८२ चैत्र २८

काठमाडौँ । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।  आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अंकले पाल्पालाई पराजित गरेको हो ।

उपाधिसँगै विजेता रुपन्देहीले नगद एक लाख रूपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रूपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।