September 28, 2026, Monday
२०८३ आश्विन १२
Nepal 1:37:26 pm
Trending

मकवानपुरको ज्यामिरे बस्तीमा जमिन चिराचिरा, १६ परिवारलाई सुरक्षित ठाउँमा सारियो

390

कल्की संवाददाता
२०८३ आश्विन १२

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ ।

प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भिरालो सतहका बस्तीमा जमिन चिराचिरा परेपछि १५/१६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि जमिन गलेका कारण सो बस्तीको जमिन चिराचिरा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।