April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

बालेन शाहपछि सुमना श्रेष्ठ पनि पुनःरास्वपा प्रवेश गर्ने तयारीमा, स्वागत गर्न नेता कार्यकर्ता तयार !

830

कल्की संवाददाता
२०८२ पुष १३

काठमाडौँ । मेयर बालेन शाह र रवि लामिछानेबीच नयाँ शक्ति निर्माण गर्ने सहमति सहित एकता भएसँगै पार्टी छाडेकी सुमना श्रेष्ठ पुनःरास्वपा प्रवेश गर्ने तयारी गरेकी छन् । भावी प्रधानमन्त्री बन्ने सहमतिका साथ बालेन शाहनै रास्वपामा प्रवेश गरेसँगै सुमना पनि पार्टीमा फर्कने तयारीमा जुटेकी छन् । बालेन र रास्वपाको एकताले आफू खुसी भएको भन्दै सुमनाले रास्वपा प्रवेश गर्ने संकेट गरेकी हुन् ।

रास्वपा छाड्दै वैकल्पिक नयाँ शक्ति निर्माणका लागि यसअघि नै बालेनसँग संवादमा रहेकी सुमनाले बालेन निकट व्यक्तिहरु सँग छलफल समेत गरेकी छन् । कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीमा जाने चर्चाका बीच सुमनाले अन्तिम समयमा नजाने निर्णय गरेकी थिइन् । कुनै हालतमा पुरानो पार्टीमा प्रवेश नगर्ने कसम खाएकी सुमनाले बालेन पक्षबाट रास्वपा प्रवेश गर्ने उच्च सम्भावना रहेको छ ।

यस अघि नै पत्रकार सम्मेलन गरेर रास्वपाका तत्कालिन कार्यवहाक सभापति डिपी अर्यालले सुमनालाई रास्वपा फर्कनका लागि सधै ढोका खुल्ला रहने बताइसकेका छन् । सुमनाको पछिल्लो निष्कर्ष पनि सबै नयाँ वैकल्पिक शक्तिहरुको विकल्प नै रास्वपा हो भन्ने रहेको छ ।