June 11, 2026, Thursday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

फेरि पोखरेलले गरे ओलीविरुद्ध भिड्ने घोषणा, अध्यक्षबाट हटाएरै छाड्ने !

1.2K

कल्की संवाददाता
२०८२ पुष ६

काठमाडौँ – ११ औँ महाधिवेशनमा एमालेको अध्यक्षमा ठूलो मतान्तरले पराजित भएका ईश्वर पोखरेलले केपी शर्मा ओलीलाई ठेगान लगाएरै छाड्ने घोषणा गरेका छन् । ओलीले लगातार तेस्रो पटक अध्यक्षमा विजय हुँदै शपथ ग्रहण गरेपछि एमालेमा अब कुनै गुट र प्यानल नरहेको घोषणा गरेसँगै ईश्वरले आफू पक्ष नेताहरुको छुट्टै भेला गरेर आत्मसमर्पण मञ्जुर नभएको भन्दै काउन्टर दिएका छन् । अपेक्षित मतपरिणाम नआएपछि देशव्यापी रुपमा महाधिवेशनबारे समीक्षा र ओलीले आफ्नो समूहलाई पक्षपात गरेर एक्लौटि ढङ्गले अघि बढन् खोजे प्रतिवाद गर्ने ईश्वर पक्षले तयारी थालेको छ ।

महाधिवेशनमा पदाधिकारी देखि केन्द्रीय सदस्यमा आफ्नो प्यानलको एकपक्षीय जित भएसँगै ओलीले ईश्वर समूहलाई पेलेरै जाने संकेत शपथग्रहण लगत्तै गरेको सम्बोधनमा देखाएका थिए । नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको वैचारिक मुद्दालाई निरन्तर अगाडि बढाउने भेलाले निर्णय गरेको छ । ओलीले आफू भइँन भने पार्टी हुँदैन, म भइँन भने पार्टीलाई कसले चलाउँछ भनेर भन्नु डरलाग्दो कुरा भएको ईश्वरले बताएका छन् । ओलीले आफ्नो कमजोरी स्वीकार नगरे कम्युनिस्ट आन्दोलन सकिने ईश्वरले आफू पक्षका नेताहरुसँग बताएका छन् । ओलीको शैली परिवर्तन हुने संकेत नदेखिएको उपमहासचिव योगेश भट्टराईले बताएका छन् । भेलामा अध्यक्षमा पराजित ईश्वर पोखरेल, महासचिवमा पराजित सुरेन्द्र पाण्डे, विजय भएका योगेश भट्टराई, गोकर्ण विष्ट र एमालेको सक्रिय राजीतिबाट बिदा लिएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत रहेका थिए ।