कल्की संवाददाता काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएसँगै रास्वपाभित्र नयाँ उत्साह देखिएको छ। नेतृत्व बाहिरै रहेर सक्रिय हुन पाउने अवस्था बनेपछि पार्टी थप सशक्त बन्दै गएको र नयाँ–पुराना पुस्तादेखि जेन–जीसम्मको मुख्य आकर्षणको केन्द्र बन्दै गएको राजनीतिक विश्लेषण हुन थालेको छ। यसले परम्परागत दलहरूको राजनीतिक सिन्डिकेट तोड्ने सम्भावना बढेको आकलन पनि गरिएको छ।
यसैबीच, जेन–जी आन्दोलनका अगुवा पुरुषोत्तम शुभप्रभात यादव रास्वपामा प्रवेश गरेका छन्। रास्वपा प्रवक्ता मनिष झाले यादवले पार्टीले आह्वान गरेको समानुपातिक उम्मेदवार दर्ता प्रक्रियाअन्तर्गत आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिएका छन्।
सिराहा निवासी यादवले तोकिएको मितिभित्रै रास्वपामा प्रवेश गर्दै समानुपातिक उम्मेदवारी दर्ता गराएको प्रवक्ता झाले बताए। रवि लामिछानेको रिहाइसँगै नयाँ नेतृत्व र युवा पुस्ताको सहभागिता बढ्दै जानुले रास्वपाको संगठनात्मक विस्तार र राजनीतिक प्रभाव अझ बलियो बन्ने संकेत देखिएको छ।







