April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

जेनजी शहिदको बलिदानलाई खेर जान नदिने कुलमानको प्रतिबद्धता

955

कल्की संवाददाता
२०८२ माघ १०

काठमाडौँ ।  उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री हुँदा पनि जेनजीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने जिकिर गरे।

उनले आफू जेनजी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरुको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको बताए । जेनजीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरु उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको बताए । उनले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रुपमा सहयो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।