June 15, 2026, Monday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

सुन चाँदीको मुल्यमा ठूलो गिरावट,कतिमा हुँदैछ त कारोबार ?

630

कल्की संवाददाता
२०८२ माघ १८

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।