June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

सुदन ग्याङको चन्दा धन्दा- मागे ३० लाख बढी

605

कल्की संवाददाता
२०८२ पुष २८

काठमाडौँ । जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङका विश्वास पात्र विवेक ढकालले ब्रिटिश कलेजसँग ३० लाख बढी रकम माग्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । पछिल्लो समय विद्यार्थीलाई ठगेको भन्दै लफडामा फसेको कलेजका सञ्चालक राजन कँडेलसँग विवेकले आफ्नो शेरबहादुर देउवा, केपी शर्मा ओलीदेखि अहिलेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग राम्रो सम्बन्ध रहेको भन्दै समस्या समाधान गरिदिने भन्दै ३० लाख बढी रकमको बार्गेनिङ गरेको खुलासा भएको छ । ३० लाख दिए लफडाको अन्त्य गर्न शिक्षा मन्त्री महावीर पुनलाई समेत परिवर्तन गरिदिन सक्ने फोनमा कुराकानी गर्दा बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकको पोस्टबाट पनि स्पष्ट हुन्छ कि विवेक सुदन गुरुङको विश्वास पात्र हुन् । ३० लाख रकम नदिए कलेज नै बन्द गरिदिने धम्की समेत दिएका छन् । विवेक सुदन र बब्लुका साथी हुन् । सञ्चालक राजन कँडेलले उजुरी दिएसँगै प्रहरीले विवेकलाई पक्राउ गरिसकेको छ । रकम बार्गेनिङ विवेकले गरेपनि सुदनको समेत संलग्न हुनसक्ने आशंका भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।