कल्की संवाददाता सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट गरेका हुन् ।
सिन्धुली प्रहरीका अनुसार कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको थिए । मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट भएको हो। लुटेराहरु बैंकभित्रको नगद भरेका बोरासहित जंगलतर्फ फरार भएका थिए ।
बैंकको शाखाबाट लुटिएको १ करोड ८० लाख नगद भने स्थानीय र प्रहरीले बरामद गरेका छन् । सिन्धुली प्रहरीका अनुसार १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरेको छ भने लुटेराहरुको खोजी कार्य जारी छ ।







