April 18, 2026, Saturday
२०८३ बैशाख ५
Nepal 1:37:26 pm
Trending

रुपन्देहीमा घुस सहित मालपोतका नासु पक्राउ

110

कल्की संवाददाता
२०८३ बैशाख ५

काठमाडौँ — जिल्ला मालपोत कार्यालय रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा साढे ५ लाख नगदसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाम्चालाई शुक्रबार साँझ घूस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेवाग्राहीबाट घूसबापत लिएको २ लाख र उनी साथमै रहेको स्रोत नखुलेको थप साढे ३ लाखसहित पक्राउ गरेको हो । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग उनले घूस मागेको भेटिएपछि अख्तियारलाई सूचना पुगेको थियो । त्यसकै आधारमा खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ बाट नियन्त्रण लिएको हो ।