April 26, 2026, Sunday
२०८३ बैशाख १३
Nepal 1:37:26 pm
Trending

मधेशकेन्द्रित दल बालेनकेन्द्रित भए : पूर्ण बस्नेत

610

कल्की संवाददाता
२०८२ फाल्गुन ३०

काठमाण्डाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले निर्वाचनमा हारको नैतिक जिम्मेवारी नलिने नेतृत्वले अबको राजनीति थेग्न नसक्ने बताएका छ्न्। शुक्रबार निर्वाचन सम्पन्नपश्चात बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकको तस्बिर साझा गर्दै बस्नेतले मधेशकेन्द्रित दल बालेनकेन्द्रित भए भन्दै उक्त टिप्पणी गरेका हुन्।

निर्वाचनको समीक्षा नगरी बालेनलाई बधाई दिने काममा केन्द्रित भएको भन्दै बस्नेतले अब आत्मरती, लघुताभास र संकीर्णताले राजनीतिक नेतृत्व धान्न अवस्था नरहेको बताएका हुन्।उनले भने, ‘बालेनको जीतलाई महत्वपूर्ण राजनीतिक उपलब्धी ठान्दै मोर्चाले आफ्नो शर्मनाक हारबारे समीक्षा गर्न आवश्यक नरहेको निष्कर्ष निकाले छ। मधेसकेन्द्रित दल अब बालेनकेन्द्रित भए।’

तत्कालीन मेयर बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीमाथि कुटपीट, धरपकड, सामान जफत र संरचना भत्काउँने काम गर्दा महानगरअन्तर्गतका सुकुम्बासी बस्तीमा डोजर लगाई मानव बस्तीमा राज्य आतंक मच्चाउँदा र फुटपात व्यवसायीलाई विकल्प नदिई हटाउँदा त्यसको विरोध गर्ने यिनै मधेश केन्द्रित दल भए पनि आज बालेनको उक्त कार्यको विरोध गर्ने तिनै मधेसकेन्द्रित दलहरु उनै बालेनको कारण पत्तासाफ हुने स्थितिमा पुगे।बालेन अरुभन्दा कम हानिकारक छन् भन्ने नै यसपटक जनताले निर्वाचनमार्फत दिएको सन्देश भएको उनको धारणा छ।