April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

बैतडीमा बस दुर्घटनामा वडा सचिव जोशी सहित १३ जनाको मृत्यु

980

कल्की संवाददाता
२०८२ माघ २३

धनगढी । बैतडीको पुर्चौडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस दुर्घटना एक जना वडा सचिवको मसेत निधन भएको छ। पुर्चौडी नगरपालिका–७ बडचौरमा भएको उक्त दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको पनि मृत्यु भएको हो।

प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउने बसन्तराज जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालयमा पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए। जोशीले शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका थिए।

जोशी आफ्नो पेसागत जिम्मेवारीका साथै नेपाल निजामती कर्मचारी संगठन शैल्यशिखर नगर कार्यसमितिका सचिव समेत रहेका थिए। विवाहको खुसी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परी वडा सचिव जोशीसहित १३ जनाको अकालमा ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।