April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

पुजा र युद्धको बिहे नेपालकै सबैभन्दा मंहगो, करोडौँ खर्च

1.3K

कल्की संवाददाता
२०८२ मंसिर १९

चर्चित नयिका पूजा शर्मा, जसको विवाह बन्धनमा बाँधिने कुरा अन्ततः पक्का भएको छ। केही दिनदेखि फैलिएको विवाहको चर्चा अब पुष्टि भएको हो। पूजाले आफ्ना नजिकका फिल्मकर्मी र सञ्चारकर्मीलाई आकर्षक डिजाइनको निम्तो पत्र बाँड्न थालेकी छन्। पत्रमा ‘युद्ध र पूजाको विवाह समारोहमा हार्दिक स्वागत छ’ भनेर लेखिएको छ र दुवैजनाको तस्बिर पनि छ। उनको विवाह रेस्टुरेन्ट व्यवसायी युद्ध बानियाँसँग २० मंसिरको शनिबार भक्तपुरस्थित एक सुन्दर रिसोर्टमा हुने उल्लेख छ। मंगलबार पूजाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै ‘सँधैको लागि तयार’ भन्ने क्याप्सन लेखेपछि विवाहको चर्चा झनै बलियो बनेको छ। करोडौ खर्च हुने पुजा र युद्धको बिहे नेपालकै सबैभन्दा मंहगो बिहे हुनेछ ।