June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

नेपाली कांग्रेसले भारतीय गृहमन्त्रीका पूर्वस्वकीय सचिव राणालाई पाल्पाबाट चुनाव लडाउँदै

1.1K

कल्की संवाददाता
२०८२ मंसिर २३

पाल्पा – नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर १ ले भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव सन्दीप रानालाई प्रतिनिधि सभा सदस्यमा एकल सिफारिस गरेको छ ।

एकल नाम सिफारिस भएपछि उनले नै टिकट पाउने करिब पक्का छ । राना अहिले पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट मानिन्छन् ।

उनी कट्टर हिन्दुवादी हुन् । उनको नाम एकल सिफारिसमा परेपछि कांग्रेसभित्र असन्तुष्टि छ । लामो समय भारतमा बिताएका उनी विगत ६ वर्षयता नेपालमा बस्दै आएका छन् ।