कल्की संवाददाता धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।
तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार रहेको बताइएको छ। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। घाइते सबैको पहिचान भने खुलिसकोके छ।







