June 18, 2026, Thursday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

देउवालाई भेट्न शेखरसहित नेता पुगे महाराजगञ्ज

580

कल्की संवाददाता
२०८२ पुष २८

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।

देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए । छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका हुन् । विशेष पक्षधर महाधिवेशनमा भने दुई प्रतिवेदन समेत पेश भइसकेको छ । जसमाथि अहिले समूहगत छलफल हुँदैछ ।