April 25, 2026, Saturday
२०८३ बैशाख १३
Nepal 1:37:26 pm
Trending

तुलसीपुर हिरासतका २५ वर्षीय एक थुनुवाको मृत्यु

955

कल्की संवाददाता
२०८२ पुष ३०

दाङ । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो ।

चौधरी गएको मङ्सिर २८ गते लागु औषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो । बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।