June 16, 2026, Tuesday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

टी-२० विश्वकपमा नेपाल आज स्कटल्यान्डसँग अन्तिम खेल भिड्दै

540

कल्की संवाददाता
२०८२ फाल्गुन ५

काठमाडौँ। भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। मुम्बइको वान्खेडे रंगशालामा नेपालको खेल साँझ ७.१५ बजे सुरू हुनेछ। नेपाल यसअघिका सबै तीन खेल  हारेर विश्वकपबाट बिदा भइसकेको छ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटले पराजित भएको थियो। कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।