June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

खामेनीले नजिकको सहयोगी अली लारीजानी लाई उत्तराधिकारी छाने

855

कल्की संवाददाता
२०८२ फाल्गुन १२

अमेरिका । अमेरिकी आक्रमणबाट आफ्नो सम्भावित हत्या भएको अवस्थामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले उनको नजिकको सहयोगी अली लारीजानी लाई उत्तराधिकारी छानेका छन, न्युयोर्क टाइम्सले रिपोर्ट गरेको छ। खामेनीको यो कदमले निर्वाचित राष्ट्रपति मसउद पेजेशकियनलाई पछाडि राखेको छ।

यो कदमले इरानमाथि बढ्दो सैन्य दबाब र खामेनीले आफू भविष्यमा इजरायली वा अमेरिकी आक्रमणमा लक्ष्य बन्न सक्ने आशङ्कालाई प्रकाशमा ल्याएको रिपोर्टले दाबी गरेको छ।