कल्की संवाददाता कुवेत – कुवेत गएको तीन महिनामै नुवाकोटकी पिंकी तामाङको आफ्नै मालिकबाट ह त्या भएको निकै दुःख द खबर आएको छ। उनी काम गर्ने घरमै साहुनीले ह त्या गरी श व घरको छतमा लुकाएको अवस्थामा फेला परेको नेपाली समुदायले बताएका छन्।
अ वैध बाटो हुँदै कुवेत पुगेकी पिंकी तीन महिनामै बे पत्ता भएकी थिइन्। उनी साना छोराछोरी छाडेर करिब चार महिनाअघि मात्र रोजगारीका लागि कुवेत पुगेकी थिइन्। काम अप्ठ्यारो भएको भन्दै अर्कै घर खोजिदिन उनले एजेन्टलाई आग्रह समेत गरेकी थिइन्, तर एजेन्टले उनको कुरा सुनेनन्। अन्ततः परदेशी भूमिमा नेपाली चेलीले ज्या न गु माउनुपरेको छ।
अ वैध बाटोबाट गएकै कारण उनको श व नेपाल ल्याउन कठिनाइ हुने भए पनि आफन्तहरूले पिंकीको श व नेपाल ल्याउन सरकारले पहल गरिदिन अनुरोध गरेका छन्।







