April 18, 2026, Saturday
२०८३ बैशाख ५
Nepal 1:37:26 pm
Trending

कांग्रेस सभापति थापाको फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस नखोसिने प्रतिबद्धता

610

कल्की संवाददाता
२०८२ माघ १७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन । हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौं,’ उनले भने । काठमाडौंका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने र कसैको बाँच्ने आधार नखोसिने उनले बताए । ‘काठमाडौंमा अब फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन,’ उनले भने ।