April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

ओली भए बयान दिन तयार, प्रधानमन्त्री सुशीला कार्कीलाई राखे प्रस्ताव

775

कल्की संवाददाता
२०८२ पुष १०

काठमाडौँ  – जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिन अड्डी कस्दै आइरहेका केपी शर्मा ओली झुक्दै बयान दिन तयार भएको बताएका छन् । ओलीले जाँचबुझ आयोगका मान्छेलाई बयान लिन घरमा पठाइदिन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका गरेका छन् । आफू बरु गोली खान तयार भएको तर बयान दिन नजाने भन्दै आएका ओली बाध्य भएर झुक्दै बयान दिन तयार भएको बताएका हुन् ।

हिजो राष्ट्रपति निवासमा ओलीसहित शिर्ष तिन नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा ओलीले उक्त आग्रह गरेका हुन् । तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि जाँचबुझ आयोगले पत्र काटेसँगै आफ्नो पालो आउने भएपछि ओलीले केही लचकता देखाएका हुन् ।

बयानमा नआए गृहमन्त्रालयको सहयोगमा प्रहरी परिचालन गरेर हतकडीका साथ बयान लिने उच्च सम्भावना देखिएसँगै ओली पछिल्लो समय केही हच्किएका छन् । आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश बाहेक सबै व्यक्तिहरुको बयान लिइसकेको छ ।