June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

एमालेको महाधिवेशनमा ईश्वर समूहको प्यानल सार्वजनिक, महासचिवमा सुरेन्द्र पाण्डे

1.3K

कल्की संवाददाता
२०८२ मंसिर २९

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेको बेला ईश्वर पोखरेल समूहले प्यानल सार्वजनिक गर्न थालेको छ ।

पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए ।

अन्य पदका उम्मेदवार पनि टुंगो लगाउन छलफल चलिरहेको ती नेताको भनाइ छ । मंगलबार नेतृत्व चयनका लागि मतदानको तयारी हुँदै गर्दा अध्यक्ष केपी ओलीलाई पोखरेलले चुनौती दिँदैछन् ।